Wednesday, April 22, 2020

आमा लाई परदेश बाट कान्छाे छाेरा काे चिठी

अामालाइ चिट्ठि
-💞💞💞💞💞💞💞
पुज्यनिय अामा
                    उहीँ तपाइकाे छाेराे अाकाश  बाट प्रणाम ढाेग साथमा सम्झना छ।💞💞💞♥️♥️♥️♥️
बिषेश खबरत केही पनि थिएन  अचानक फेसबुक खाेलेकाे अाज त माता तिर्थ अाैशि अरे अामाकाे मुख हेर्ने दिन रे त्याहि भएर एक्कासि पत्र लेख्दैछु।अामा म सन्चैछु र हजुर पनि सन्चै हुनुहुन्छ हाेला भन्ने अासा राखेकाे छु ! 💐💐💐💐  विश्व मा एउटा यस्तो अापत अाइ लागेकाे छ कि कहिले काहा कस्लाइ के हुन्छ थाहा छैन अस्ति फाेन मा कुरा गर्दा जानि नजानि अामा तिमिले भन्दै थियौ बाहिर नजा है बाबू जानै परे नि माकस लगायर जा कुन्नि के हाे डरलाउदाे राेग अाछ रे के हाे ताे काैरना झन बाबू तिमी भयकाे ठाउँ मा त झन डर छ रे अामा काे माया न हाे म जतिसुकै ठुलाे भयनि तिम्रो नजमा सानाे बचेराे नै छु अामा ...!💗💗💗💗
अामा म यस्ताे भइसकेछु कि बर्षमा एक पल्ट हजुरलाइ सम्झन मातातिर्थ अाैशि नै अाउनु पर्छ तैपनि फेसबुक भएन भनेत त्याे एक दिन पनि गयाे अामा हजुरलाइ सम्झने।बल्ल बल्ल बर्षमा एक पल्ट अामाकाे मुख हेर्ने दिन अाउछ अनि सम्झनछु अरु बेला अामा हजुरकाे बुढाे शरीर अनि चाउरि गाला परेकाे अनुहारकाे फाेटाे अप्लाेड गर्न लाज लाग्ने मलाई अाजचाहि हिम्मत गरेर हजुरकाे फाेटाेलाइ इडिट गरेर I miss u mom लेखेर पाेष्ट गर्ने साहस गरेकाेछु।अामा..साधाराणयता  याे भनेकाे सुनेकाे छु नाै महिना गर्भमा राख्नुभाे।दसधारा दूध पिलाउनु भाे। तर अामा मलाई याे थाहा छैन तपाईंले ९महिना गर्भमा राख्दा खेरिकाे पीडा ,दस धारा दूध पिलाउदै अाफ्नाे  इच्छा,चाहना र सपनाहरु ताेडिदाकाे दु:ख अभाबकाे रापमा पिल्सिएर सन्तानकाे खुसिकाे लािग जिउदाकाे पीडा, र तिम्रादुख र पिडाकाे कहालि लाग्दा दिन हरुले  गर्दा नै अाज म याे अवस्था सम्म अाइपुगेकाे छु भनेर...💝💝💝💝💞💞💞💞💞
सााच्चै अामा म अज्ञात छु हजुरले कति मेरालागि गर्नु भाे भनेर  ।कति मेरा लागि अाफ्ना रहर हरु सपनारु तुहाएर फाल्नु भाे हाेला म लाई हुर्काउदा खेरिकाे शास्ति ,चाेट र अभावमा कति दिन भाेकै बस्नु पनि पर्याे हाेला भनेर बुझ्ने सामर्थ म मा कहा छर अामा... तपाई नहुनु भएको भए मेराे अस्तित्व नै रहदैन भन्ने कुरा पनि बिर्सिजान्छु कहिलेत💗💗💗💗💗💗
तर पनि अामा जब पीडा अाउछ जिवनमा हजुरकाे साथकाे अभाब भइदिन्छ।जब बाधा अड्चा अाउछ हजुरकाे खाचाे हुन्छ।जब दुख र पिडामा हजुर साथहुदा मनमा नया अाशा पलाएर जिउने साहस जागेर अाउछ मलाइ💝💝💝💝💝💝💝💝
यस्ताे लाग्छ सधै मलाई पिर, ब्याथा ,दुख संघर्ष सधै अाइरहाेस मलाइ ताकि म मेराे अामालाइ सम्झन मातातिर्थ अाैशि(अामाकाे मुख हेर्ने दिन) मात्र हाेइन सधैं भरि सम्झि रहन सकु...।
happy mother's day २०७७♥️♥️♥️♥️♥️♥️🌺🌺🌺🌺🌺🌺🌺🌺

No comments:

Post a Comment