सरकार भन्छ, ‘घरभित्र बस्नुहोस् । घरभित्रै सुरक्षित हुन्छ ।’ सरकारको यो सम्बोधनले ति तमाम सर्वसाधरणलाई समेट्दैन, जसको घरै छैन ।कतिपय बनिबुतो गरेर अर्काको छानोमा जेनतेन ओत त लागेका छन् । तर, हप्तौंलाई भरपेट पुग्ने खानेकुरा उनीहरुको भान्सामा छैन । यी लाखौ सर्वसाधरण रोग र भोकसँग एकासाथ जुधिरहेका छन् । शहर छाड्दै
भोक खप्नै नसकेपछि थुप्रै सर्वसाधरण शहर छाड्ने क्रममा छन् । रोगी बुढाबुढी डोहो¥याएर, काखे बच्चा च्यापेर उनीहरु निस्किएका छन् । कहाँसम्म पुगिन्छ ? के गरेर बाँचिन्छ ? टुंगो छैन । साथमा खनेकुरा छैन, बास बस्ने खर्च छैन । चर्को गर्मीमा भोको पेट हिँडिरहेका छन् । गाउँघरमा पुगेपछि ऐचोपैचो गरेर भएपनि पेट भर्न सकिन्छ । भोक–भोकै मर्न त पर्दैन । मनमा यस्तै आशा बोकेर उनीहरु सैयौ किलोमिटरको दुरी छिचोल्न तयार भएका छन् ।
No comments:
Post a Comment